हेलिकप्टरबाट गर्भवतीको उद्धार

विहीबार, २८ कार्तिक २०७६, १२ : ०८
हेलिकप्टरबाट गर्भवतीको उद्धार

फाइल फोटो

जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका–९ की ४७ वर्षीय पाना कामीको उद्धार गरिएको छ । यही कात्तिक २५ गते सुत्केरी हुने मिति चिकित्सकले दिएको भए पनि बुधबारसम्म सुत्केरी हुन नसकेपछि ४७ वर्षीय कामीको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइको आर्थिक सहयोग र छेडागाड नगरपालिकाको समन्वयमा कामीको बुधबार बेलुका उद्धार गरिएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । 

स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसक्दा तीन दिनपछि उहाँको उद्धार गरी सुर्खेतस्थित वीरेन्द्रनगर प्रदेश अस्पतालमा भर्ना गरिएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस