चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पष्पकमल दाहाल प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमी भएको बताएका छन् । नेकपा भरतपुरको कार्यक्रममा प्रचण्डले नेपाली भूमीलाई भारतले जबरजस्ती रुपमा आफ्नो देशको नक्सामा राखेको बताएका हुन् ।
प्रचण्डले भारतले नेपाललाई राष्ट्रिय चुनौति दिएको बताएका छन् । उनले भने ‘हामिलाई भारतले जवरजस्ती रुपमा राष्ट्रिय चुनौति दिएको छ यसलाई सबै मिलेर सकरात्मक रुपमा परिणत गर्न सक्नुपर्छ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले लिम्पियाधुरा, लिपुलेक र कालापानीको सिमा समस्या ऐतिहासिक दस्तावेज, तथ्यका आधारमा समाधान हुने बताए । सीमा विवादबारे सम्पूर्ण राजनीतिक दलबीच राष्ट्रिय एकता रहेको प्रचण्डको भनाइ छ ।
प्रचण्डले भने ‘खुसीको कुरा यो छ कि अहिले सबै दल एक छन्, बलियो कम्युनिष्ट पार्टी र बलियो सरकार रहेकाले भारतसँग नेपालको पक्षमा हुनेगरी सरकारले पहल गर्छ ।’ प्रचण्डले अहिलेको यो समस्यालाई नेपाली सीमा समस्या समाधानका लागि अवसरका रुपमा लिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ कार्तिक २०७६, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड