चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पष्पकमल दाहाल प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमी भएको बताएका छन् । नेकपा भरतपुरको कार्यक्रममा प्रचण्डले नेपाली भूमीलाई भारतले जबरजस्ती रुपमा आफ्नो देशको नक्सामा राखेको बताएका हुन् ।
प्रचण्डले भारतले नेपाललाई राष्ट्रिय चुनौति दिएको बताएका छन् । उनले भने ‘हामिलाई भारतले जवरजस्ती रुपमा राष्ट्रिय चुनौति दिएको छ यसलाई सबै मिलेर सकरात्मक रुपमा परिणत गर्न सक्नुपर्छ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले लिम्पियाधुरा, लिपुलेक र कालापानीको सिमा समस्या ऐतिहासिक दस्तावेज, तथ्यका आधारमा समाधान हुने बताए । सीमा विवादबारे सम्पूर्ण राजनीतिक दलबीच राष्ट्रिय एकता रहेको प्रचण्डको भनाइ छ ।
प्रचण्डले भने ‘खुसीको कुरा यो छ कि अहिले सबै दल एक छन्, बलियो कम्युनिष्ट पार्टी र बलियो सरकार रहेकाले भारतसँग नेपालको पक्षमा हुनेगरी सरकारले पहल गर्छ ।’ प्रचण्डले अहिलेको यो समस्यालाई नेपाली सीमा समस्या समाधानका लागि अवसरका रुपमा लिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ कार्तिक २०७६, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली र ‘प्रचण्ड’बीच भेटवार्ता, के भयो छलफल ?
प्रचण्ड आज दिल्ली जादै, भोलि नै फर्किने
‘देश निर्वाचनमा केन्द्रित भयो’: ‘प्रचण्ड’
यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबिचको सङ्घर्ष जारी छ : प्रचण्ड
अन्योलता हट्यो, देश अब निर्वाचन तयारीतिर गयो: प्रचण्ड
‘सोसल मिडियाबाट हो-हल्ला गर्नेहरू नै जनताका मुक्तिदाता हुन् भन्ने भ्रम पार्न खोजियो’: प्रचण्ड