अष्ट्रेलिया। तीन दिनयता अष्ट्रेलियामा फैलिएको डढेलोअझै नियन्त्रणमा आउन सकेको छैन । डढेलो नियन्त्रण हुन नसक्दा सिड्नीसम्म फैलिएको छ । मङ्गलबार न्यू साउथ वेल्समा मात्रै ६० बढी स्थानमा आगलागी भएको छ । सो क्षेत्रमा करिब ६० लाख मानिस बसोबास गर्दै आइरहेका छन् ।
अष्ट्रेलिया सरकारले आगलागीबाट सुरक्षित रहन अष्टेलियन नागरिकलाई अपिल गरेको छ । आगलागी आफ्नो घरसम्म आइनपुग्दै अन्यत्र सर्न सरकारले आग्रह गरेको छ । आगलागी क्षेत्रका ६०० विद्यालय बन्द गरिएको छ । न्यू साउथ वेल्स र क्वीन्सल्याण्डमा सात दिने सङ्कटकालको घोषणा गरिएको छ ।
न्यू साउथ वेल्स र क्वीन्सल्याण्डमा गत शुक्रबारदेखि फैलिएको आगोका कारण हालसम्म तीनजनाको मृत्यु भएको छ भने दुई सयभन्दा घरहरुमा क्षति पुगेको छ ।
अधिकारीले न्यू साउथ वेल्समा मङ्गलबार ‘चरम, गम्भीर र विनाशकारी’ दिन हुनसक्ने चेतावनी दिँदै तापक्रम ३७ डिग्री सेटिग्रेटसम्म बढ्न सक्ने जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २६ कार्तिक २०७६, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ५ हजार हेक्टर वन क्षेत्रमा डढेलो
वनमा लागेको डढेलोमा परी युवतीको मृत्यु, चार घाइते
वन पैदावार उपयोग नहुँदा बढ्दै डढेलोको जोखिम
चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो
डढेलो गाउँमा पस्दा एक विद्यालयसहित नौ घर जले
काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो