बंगलादेशी राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा रिङरोडभित्र ठूला मालबाहक सवारी साधन नचलाउन आग्रह

सफल खबर संवाददाता

सोमबार, २५ कार्तिक २०७६, १८ : ५१
बंगलादेशी राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा रिङरोडभित्र ठूला मालबाहक सवारी साधन नचलाउन आग्रह

काठमाडौँ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको नेपाल भ्रमणका क्रममा ट्राफिक व्यवस्थापनमा आवश्यक सहयोग पुर्याउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ।  

महाशाखाले भ्रमणका क्रममा रिङरोडभित्र ठूला मालबाहक सवारी साधन नचलाउन अनुरोध गरेको छ । 

यस्तै वैकल्पिक सडकको प्रयोग गर्न र अवस्था ठीक भएका सवारी साधन सञ्चालनमा ल्याउन समेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ । 

यस्तै ट्राफिक सम्बन्धी समस्या तथा अन्य जानकारीका लागि ट्राफिक प्रहरीको हटलाइन १०३ प्रयोग गर्न पनि महाशाखाले अनुरोध गरेको छ । 

बंगलादेशका राष्ट्रपति ३ दिने नेपाल भ्रमणको सिलसिलामा मंगलबार नेपाल आउँदैछन् । उनी नेपाल भ्रमण पूरा गरी शुक्रबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस