चितवनका मुस्लिम समुदायले १४९१ औँ मोहम्मद जयन्ती यसरी मनाए

आइतबार, २४ कार्तिक २०७६, १५ : ५९
चितवनका मुस्लिम समुदायले १४९१ औँ मोहम्मद जयन्ती यसरी मनाए

चितवन । मुस्लिम समुदायले चितवनमा पनि १४९१ औँ मोहम्मद जयन्ती विभिन्न कार्यक्रम गरी मनाएका छन् । इस्लाम धर्मका प्रवद्धक पैगम्बर महम्मदको जन्म दिनको अवसरमा चितवनका मुस्लिम समुदायले मस्जितमा पुजापाठ गर्नुका साथै शुभकामना आदानप्रदान गरी मनाएका हुन् । 

भरतपुरमा रहेका विभिन्न मस्जितले आज दिउँसो ¥यालि निकालेको थियो । ¥यालिमा मुस्लिम समुदायका बालबालीकादेखि युवा तथा वृद्धवृद्धा व्यक्तिहरु राष्ट्रिय झण्डा, मुस्लिम झण्डा तथा प्लेकार्डसहित सहभागि भएका थिए । 

एकै ठाँउमा जम्मा भएर खाने तथा एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेको भरतपुर ११ मा रहेको नुरी जामे मस्जिदका कोषाध्यक्ष फुलसरीत मियाले बताए । उनका अनुसार चितवनमा करिव १० हजार पुस्लिम समुदाय बसोबास गर्छन । प्रदेश नं. २ सरकारले मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक विदा दिएको छ । 

पैगम्बर महोमद्लाई इस्लाम धर्मावलम्बीले इस्लाम धर्मको संस्थापको रूपमा मान्दछन् । सन् ५७१ अप्रिल २२ मा साउदी अरबको मक्कामा जन्मिएका उनको सन् ६३२ जुन ८ मा साउदी अरबको मदिनामा निधन भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस