चितवन । रामनगरस्थित आदर्श समाज वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औँ साधारण सभा एवम् सातौँ अधिवेशन शुक्रवार एक समारोहका विच रामनगरमा सम्पन्न भएको छ ।
अधिवेशनले आगामी तीन वर्षका लागि जीवनाथ पराजुलीको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति समेत गठन गरेको छ । जसको उपाध्यक्षमा क्षेत्रबहादुर सुवेदी, सचिवमा पुष्पराज देवकोटा, कोषाध्यक्षमा कमला श्रेष्ठ रहेका छन् । यसैगरी सदस्यहरुमा चित्रबहादुर न्यौपाने, शान्ती गुरुङ, शोभा श्रेष्ठ, लक्ष्मी भट्ट र रामगतीप्रसाद गुप्ता रहेका छन् ।
यसैगरी अधिवेशनले सोमराज आचार्यको संयोजकत्वमा मेनुका बडु र युवराज केसी रहेको तीन सदस्यीय लेखा समिति गठन गरेको छ । अन्य उपसमितिहरु नयाँ निर्वाचित संचालक समितिले गर्ने संस्थाले जनाएको छ ।
अधिवेशनमा प्रदेश सांसद घनश्याम दाहाल, चितवन जिल्ला बचत तथा ऋ्रण सहकारी संघ लिमिटेडका कोषाध्यक्ष केशवप्रसाद रेग्मी, सतनचुली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लेखबहादुर भट्ट, ३ नंं. प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रकाश रानाभाट, भरतपुर महानगरपालिका वार्ड नं. १ कार्यबाहक अध्यक्ष गंगादेवी पोखरेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी अधिवेशनमासंस्थापक सचिव हरिप्रसाद पोखरेल, उपाध्यक्ष राममाया गुरुङ, शिक्षा समिति संयोजक नारायणप्रसाद अधिकारी, लेखा समिति संयोजक कुष्माखर अधिकारी, पूर्व अध्यक्ष कृष्णबहादुर गुरुङ र निर्वाचन समितिका सीता गुरुङलगायतले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सचिव बाबुराम भट्टद्वारा प्रस्तुत यस वर्षको प्रगती प्रतिवेदन र कोषाध्यक्ष पुष्पराज देवकोटाद्वारा प्रस्तुत करिब साढे चार करोड ८२ लाख रुपियाँको आर्थिक प्रतिवेदन समेत सर्वसम्मत रुपमा पारित गरिएको थियो । सहकारीमा आठ सय शेयर सदस्यहरु रहेका छन् । कार्यक्रमको उद्घाटन समारोह अध्यक्ष जंगबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
३४ जना बचतकर्ताको बचत रकम फिर्ता
सुरु भयो सहकारीको बचत फिर्ता
सहकारी बचत फिर्ता ऋण असुलीबाट गरिने
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता जेठ पहिलो सातादेखि सुरु हुने
महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी
सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्नेबारे सरोकारवालासँग छलफल गर्दै मन्त्रालय