तेहरान । इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ ।
स्थानीय समयाअनुसार शुक्रबार बिहान २ः१७ बजे गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको छ ।
भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु भएको र अरु १२० जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
प्रान्तीय गभर्नर मोहम्मद रेजा पोर्मोहमादीले भूकम्पबाट कम्तीमा ३० घर क्षतिग्रस्त भएको जानकारी दिनुभयो । प्रान्तका ४१ वटा गाउँमा उद्धारकार्य जारी रहेको र दुईवटा क्षेत्र सर्वाधिक प्रभावमा परेका छन् ।
सन् १९९० मा इरानमा आएको ७.४ म्याग्नीच्यूडको भूकम्पबाट ४० हजारको मृत्यु हुनुका साथै तीन लाख मानिस घाइते भएका थिए । हालैका वर्षमा इरानमा दुईवटा ठूला भूकम्प गएका छन् । सन् २००५ को भूकम्पमा ६०० भन्दा बढीको मृत्यु भएको थियो भने सन् २०१२ को भूकम्पमा झण्डै ३०० को मृत्यु भएको थियो ।(रासस-सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २२ कार्तिक २०७६, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोल्पा केन्द्रबिन्दु भएर भूकम्प
बारपाकीले बिर्सन नसकेका भूकम्प
सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प
रुकुम पूर्वमा भूकम्पको धक्का
वैशाख १२ को भूकम्प: आज स्मृति दिवस
वैशाख १२ को भूकम्प: बारपाकमा भोलि सार्वजनिक बिदा