बैतडी । जिल्लाको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा आज भेट्टिनु भएको छ । पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक उहाँको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।
गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न जानुभएको वडा सदस्य पार्कीको मृत्युबारे तत्काल थाहा हुन नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु