बाजुरा । जिल्लाकोे हिमाली गाउँपालिका–७ घर भएका स्वामिकात्तिक–१ रुडिस्थित रुपाली आधारभूत विद्यालयका प्रधानाध्याक दलबहादुर शाही मृत भेटिएका छन् ।
बुधबार कैलालीको धनगढीबाट बाजुरा मार्तडीका लागि छुटेको ना ६ ख १७९२ नं को बसमा चढेका शिक्षक आज बिहान ७ बजे मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
बिहान ७ बजे बाजुराको बूढीगङ्गा नगरपालिका– ४ स्थित मौरे प्रहरीचौकीमा बस जाँच गर्ने क्रममा आफ्नो सिटमै शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो ।
मृतक प्रधानाध्यापक शाही बर्खे बिदाको समयमा धनगढी गएको र केही दिनअघिदेखि विद्यालय खोलेकोले प्रअ शाही विद्यालय फर्केको जनाइएको छ । शाहीको शव अहिले परीक्षणको लागि जिल्ला अस्पताल बाजुरा राखिएको छ । शव भेटिएको बसलाई छोडिएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
बाख्रा चराउन गएका व्यक्तिको ढुङ्गाले लागेर मृत्यु
कार फेवातालमा खस्दा एक युवकको मृत्यु
ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु