बाजुरा । जिल्लाकोे हिमाली गाउँपालिका–७ घर भएका स्वामिकात्तिक–१ रुडिस्थित रुपाली आधारभूत विद्यालयका प्रधानाध्याक दलबहादुर शाही मृत भेटिएका छन् ।
बुधबार कैलालीको धनगढीबाट बाजुरा मार्तडीका लागि छुटेको ना ६ ख १७९२ नं को बसमा चढेका शिक्षक आज बिहान ७ बजे मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
बिहान ७ बजे बाजुराको बूढीगङ्गा नगरपालिका– ४ स्थित मौरे प्रहरीचौकीमा बस जाँच गर्ने क्रममा आफ्नो सिटमै शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो ।
मृतक प्रधानाध्यापक शाही बर्खे बिदाको समयमा धनगढी गएको र केही दिनअघिदेखि विद्यालय खोलेकोले प्रअ शाही विद्यालय फर्केको जनाइएको छ । शाहीको शव अहिले परीक्षणको लागि जिल्ला अस्पताल बाजुरा राखिएको छ । शव भेटिएको बसलाई छोडिएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सर्पको डसाइबाट महिलाको मृत्यु
सुर्खेत प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु
तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवनमा स्कुटर दुर्घटनामा परि दुई जनाको मृत्यु
सर्पको डसाइबाट बालकको मृत्यु