उपनिर्वाचन : जसले प्रस्तावक र समर्थकसमेत पाएनन्

विहीबार, २१ कार्तिक २०७६, १४ : ५४
उपनिर्वाचन : जसले प्रस्तावक र समर्थकसमेत पाएनन्

पोखरा । कास्की २ बाट प्रतिनिधिसभा उपनिर्वाचनमा स्वतन्त्र उमेदवारी दर्ता गर्न पुगेका जनकपुर १४ निवासी डा कृष्णचन्द्र प्रसाद साहले प्रस्तावक र समर्थक पनि पाएनन् । 

उपनिर्वाचनको उम्मेदवारका आकांक्षी साहले प्रस्तावक र समर्थक नपाएपछि  जनकपुर नै फर्किने घोषणा गरेका छन्।

यस अघिको निर्वाचनमा उनले जनकपुर ४ बाट प्रतिनिधि सभामा उम्मेद्‍वारी दिएका थिए। उनले २०७० र २०७४ को निर्वाचनमा पनि स्वतन्त्र उम्मेद्‍वारी दर्ता गराएका थिए। प्रस्तावक र समर्थक नपाएपछि उनी उम्मेदवारी नदिई जनकपुर फर्कने तयारी गरेका छन् ।