नेपाली काँग्रेसद्वारा उपनिर्वाचनका लागि उम्मेदवार चयन

सफल खबर संवाददाता

बुधबार, २० कार्तिक २०७६, १७ : १३
नेपाली काँग्रेसद्वारा उपनिर्वाचनका लागि उम्मेदवार चयन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचन हुने प्रतितिधि र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ । विवादका बीच काँग्रेसले उम्मेदवारी टुंगो लगाएको हो । 

बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले उम्मेदावर चयन गरेको प्रवक्ता विश्व प्रकाश शर्माले बताए । 
उनका अनुसार प्रतिनिधिसभा कास्की–२ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको छ।   
यस्तै प्रदेशसभातर्फ बागलुङ–२ को (ख)मा जित शेरचन, दाङ–३ को (ख) मा केशव आचार्य र भक्तपुर १ को (क) माकृष्ण भँडेललाई टिकट दिइएको छ ।

प्रतिक्रिया दिनुहोस