कास्की २ मा काँग्रेसबाट धनराज नउठ्ने घोषणा

सफल खबर संवाददाता

बुधबार, २० कार्तिक २०७६, १२ : ४९
कास्की २ मा काँग्रेसबाट धनराज नउठ्ने घोषणा

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काँग्रेसबाट कास्की–२ मा यसअघि उम्मेदवारको चर्चामा रहेका काँग्रेस नेता धनराज गुरुङले नउठ्ने घोषणा गरेका छन् ।
उम्मेदवार छनोट गर्न बसिरहेको काँग्रेस पदाधिकारी बैठकमा पुगेर नेता गुरुङले कास्की–२ मा आफू नउठ्ने जानकारी गराएका हुन् । 
कास्की २ मा कसलाई उम्मेदवार बनाउने भन्नेमा काँग्रेसका शीर्ष नेताहरु विभाजित छन् । मंगलबार दिनभर बसेको काँग्रेस पदाधिकारी बैठकमा समेत कुरा नमिलेपछि बैठक आज पनि बसिरहेको छ । 
बुधबारको पदाधिकारी बैठकमै पुगेर गुरुङले कास्की–२ बाट आफू पछि हट्दै स्थानीयलाई उम्मेदवार बनाउन सुझाव दिएका हुन् । सो कुरा उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजकि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस