घोडाघोडी । बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट नेपालगञ्जका लागि छुटेको भे १ ख १७३२ नम्बरको यात्रुवाहक बसले पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–१० पहलमानुरमा से ३ प ६३७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । साथै दुर्घटनामा परी एक जना घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा घोडाघोडी –१० पहलमानपुरका रामबहादुर चौधरी रहेका इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक हरिशरण भट्टले बताउनुभयो । त्यस्तै दुर्घटनामा परी घाइते भएका सोही ठाउँका मानबहादुर चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते