प्रधानमन्त्री ओलीको अचानक तेस्रो डायलासिस हुँदै, मन्त्रिपरिषदको बैठक ३ बजेपछि

सफल खबर संवाददाता

आइतबार, १७ कार्तिक २०७६, ०९ : ५३
प्रधानमन्त्री ओलीको अचानक तेस्रो डायलासिस हुँदै, मन्त्रिपरिषदको बैठक ३ बजेपछि

काठमाडौँ । प्रधानमन्त्रीले आज ११ बजे मन्त्रिपरिषदको बैठक बोलाएका थिए । तर अचानक मृर्गौलाको डायलासिस गर्नुपर्ने भएकाले प्रधानमन्त्री केपी ओली ग्राण्डी अस्पताल पुगेका छन् । जसका कारण मन्त्रिपरिषदको बैठक समेत पर धकेलिएको छ । 

आज आइतबार बिहान नौ बजे प्रधानमन्त्री बालुवाटारबाट डायलासिस गर्न ग्राण्डी अस्पताल गएका हुन् । अस्पतालले उनको डायलासिस गर्न सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदलगत्तै सचिवालय बैठकसमेत बोलाएका थिए । 

प्रधानमन्त्री अस्पताल जानुपर्नेभएपछि मन्त्रिपरिषद बैठक समेत पछि सरेको छ । बिहान ११ बजेलाई राखिएको मन्त्रिपरिषद बैठक बैठक ३ बजेपछि मात्रै बस्ने भएको छ,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘त्यसपछि मात्रै सचिवालय बैठक बस्नेछ ।’

प्रधानमन्त्रीको गत बुधबार पहिलो र बिहीबार दोस्रो हेमोडायलाइसिस गरिएको थियो । आज आइतबार उनको तेस्रो डायलासिस हो । यसअघि प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा मिर्गौलाले राम्रोसँग काम नगरेको तर आफू स्वस्थ रहेको बताएका थिए । 

गत बुधबार निममित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका प्रधानमन्त्री ओलीलाई भर्ना नै गरेर हेमो डायलासिस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस