चितवन । चितवनमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किदा २ जना घाइते भएका छन । नारायगढबाट टाँडीतर्फ जाँदै गरेको ना १३ प ४६१४ नम्बरको मोटरसाइकल र विपरित दिसाबाट जाँदै गरेको ना ३४ प ३०३ न मोटरसाइकल भरतपुर महानगरपालिका १२ आस्थाचोकमा ठोक्किँदा चालक घाइते भएका हुन ।
ना १३ प ४६१४ नम्बरको मोटरसाइकलका चालक २५ वर्षीय सुरज सुनार र अर्को मोटरसाइकलका चालक भरतपुर ५ का २९ वर्षीय इस्मत सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरेको प्रहरीले जनाएको छ ।
सुरजले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ कार्तिक २०७६, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते