चितवन । चितवनमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किदा २ जना घाइते भएका छन । नारायगढबाट टाँडीतर्फ जाँदै गरेको ना १३ प ४६१४ नम्बरको मोटरसाइकल र विपरित दिसाबाट जाँदै गरेको ना ३४ प ३०३ न मोटरसाइकल भरतपुर महानगरपालिका १२ आस्थाचोकमा ठोक्किँदा चालक घाइते भएका हुन ।
ना १३ प ४६१४ नम्बरको मोटरसाइकलका चालक २५ वर्षीय सुरज सुनार र अर्को मोटरसाइकलका चालक भरतपुर ५ का २९ वर्षीय इस्मत सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरेको प्रहरीले जनाएको छ ।
सुरजले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालाले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ कार्तिक २०७६, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु