जनकपुर । धनुषामा सवारी दुर्घटनामा परी पूर्वसांसद राम लखन महतोको मृत्यु भएको छ ।
शुक्रवार धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ स्थित विश्वकर्मा चोकमा यात्रुबाहक बसको ठक्करबाट तत्कालीन नेकपा एमालेबाट २०५१ मा निर्वाचित ६० वर्षिय सांसद रामलखन महतोको मृत्यु भएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताए ।
साईकलमा सवार पूर्व सांसद महतोलाई विश्वकर्मा चोकमा विपरीत दिशाबाट आइरहेको बा ५ ख ८८५ नम्बरको यात्रुबाहक बसले ठक्कर दिदाँ घाइते भएका सांसद महतोको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी उपरिक्षक खनालले जनाए ।
ठक्कर दिने यात्रुबाहक बस र चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ कार्तिक २०७६, १७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते