चीनले किन्यो सोलोमोनको टापु, तनावमा अमेरिका र अष्ट्रेलिया

एजेन्सी

आइतबार, ०३ कार्तिक २०७६, १७ : ३५
चीनले किन्यो सोलोमोनको टापु, तनावमा अमेरिका र अष्ट्रेलिया

एजेन्सी । चीनले सालोमोनसँग कूटनीतिक स्थापना गरेको केही समयमा सोलोमोनको एउटा द्वीपलाई लिजमा लिएको छ ।  चीनले रणनीतिक महत्वको उक्त द्वीपलाई ७५ वर्षका लागि लिजमा लिएको हो ।

चीनले यो द्वीप लिजमा लिनुभन्दा केही साताअघिसम्म सोलोमोन प्रशान्त महासागर क्षेत्रमा ताइवानको प्रमुख सहयोगीका रुपमा थियो । विश्वराजनीतिमा एकदमै महत्वाकांक्षी र रणनीतिक मानिएको यो कदमबारे चीनले आधिकारिकरुपमा केही पनि खुलाएको छैन ।

तुलागी नामको यो द्वीप बेलायत र जापानको दक्षिण प्रशान्त क्षेत्रको हेडक्वार्टरका रुपमा रहिसकेको छ । दोस्रो विश्व युद्धका क्रममा यसको गहिरो पानीले मजबुत सैन्य हतियार बनाउन सहयोग गरेको थियो। अहिले यो एकदमै महत्वपूर्ण रणनीतिक क्षेत्र चीनको कब्जामा गएको हो ।

न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार अघिल्लो महिना चीन र सोलोमोन द्वीपको प्रान्तीय सरकारबीच एक गोप्य सम्झौता भएको छ । यो सम्झौतासँगै सोलोमोन चीनको बेल्ट एन्ड रोड परियोजनाको नयाँ सदस्य पनि भएको छ ।

जसअनुसार चीनको कम्युनिस्ट पार्टीसँग जोडिएको कम्पनीले पुरै तुलागी द्वीप र यसको आसपासको अधिकांश क्षेत्र आफ्नो योजना अनुसार विकासका लागि किनिसकेको छ । यस गोप्य सम्झौताले तुलागीका बासिन्दा चकित भएका छन् ।

उनीहरुले अमेरिकी अधिकारीलाई सतर्क गराइसकेका छन् । अमेरिकाले यस द्वीपलाई दक्षिण प्रशान्त महासागरमा चीनलाई रोक्ने र महत्वपूर्ण समुद्री मार्गको सुरक्षाका लागि अहम मान्दै आएको छ ।  चीनले आफ्नो वैश्विक महत्वाकांक्षालाई पूरा गर्ने रणनीति अनुसार यो द्वीप किनेको हो ।

चीनले दक्षिण प्रशान्त महासागरमा आफ्नो सैन्य प्रभाव बढाइरहेको छ । यसै क्रममा उसले बन्दरगाह र एयरफिल्डमाथि आफ्नो नियण्त्रण स्थापित गर्न खोजिरहेको छ । बेइजिङको दक्षिण प्रशान्त महासागरमा आर्थिक, राजनीतिक र सैन्य महत्वाकांक्षा जोडिएको छ ।

यो क्षेत्र प्राकृतिक संशाधनले अत्यन्तै धनी छ । चीनको लगानी भएपछि अब अमेरिका–अस्ट्रेलियाको चिन्ता बढ्ने निश्चित छ । अब बेइजिङ यहाँ समुद्री जहाजदेखि लिएर प्लेनसम्म ल्याउने तयारीमा छ । आफ्नो सैन्य पकड मजबुत बनाउनेतर्फ चीनले यहाँ काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस