अमेरिकामा प्रवेश गर्न खोजेका ३२५ भन्दा बढी भारतीयलाई मेक्सिकोले फर्कायो, नेपाली नागरिक भने उतै

एजेन्सी

शनिबार, ०२ कार्तिक २०७६, ११ : १८
अमेरिकामा प्रवेश गर्न खोजेका ३२५ भन्दा बढी भारतीयलाई मेक्सिकोले फर्कायो, नेपाली नागरिक भने उतै

फाइल फोटो

एजेन्सी । अमेरिकामा अवैध रुपमा प्रवेश गर्न प्रयास गरिरहेका ३२५ भन्दा बढी भारतीयलाई मेक्सिको सरकारले भारत फर्कादिएको छ । 

एक महिलासमेत रहेकी उक्त समूह दिल्ली पुगिसकेको छ । फर्काएका मानिससँग मेक्सिकोमा बस्नको लागि आवश्यक कुनै पनि कागजात थिएन । यसै कारणले तिनलाई फिर्ता गरिएको मेक्सिकोका अधिकारीले बताए ।

मेक्सिकोको राष्ट्रिय आप्रवासनसम्बन्धी संस्थानले बुधबार जारी गरेको एक प्रेस विज्ञप्ती अनुसार ‘मेक्सिकोमा बस्न आवश्यक सर्त पुरा नगरेका भारतीयहरुलाई टोलुबा सिटी अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली फर्काइएयो।’

भारतीय संचारमाध्यमा अनुसार यी सबै भारतीय पछिल्लो केही महिनामा अन्तर्राष्ट्रिय एजेन्सीको सहयोगबाट गैरकानूनी ढंगले मेक्सिकोको पुगेका थिए । उनीहरु मेक्सिकोको मार्गबाट अमेरिका प्रवेश गर्न खोजेका थिए ।
 
भारतमा अवतरण गरिसकेपछि समुहका एक सदस्य गौरव कुमारले भने, ‘हाम्रो एजेन्टले हामीलाई जंगलको बाटो त्यहाँ पु¥याएका थिए । करिब दुई हप्तासम्म हामी जंगलमा हिडेका थियौं । त्यसपछि हामी पक्राउ प¥यौं र हामीलाई मेक्सिकोबाट निकालियो । भारतीय छानेर निकालियो । जबकि हामीसँगै रहेका श्रीलंका, नेपाल र क्यामरुनका नागरिक अझै त्यहाँ छन् । मैले आफ्नो खेत, सुन र सबै बेचेर जम्मा गरेको १८ लाख भारु एजेन्टलाई तिरेको थिएँ ।’

प्रतिक्रिया दिनुहोस