जापानमा आएको आँधिबाट मर्नेको संख्या १८ पुग्यो

एजेन्सी

आइतबार, २६ असोज २०७६, १४ : ४६
जापानमा आएको आँधिबाट मर्नेको संख्या १८ पुग्यो

एजेन्सी । जापानमा आएको हागिबिस नाम दिइएको शक्तिशाली आँधीका कारण कम्तिमा १८ जनाको मृत्यु हुनुका साथै १३ जना हराइरहेको छन् । कम्तिमा १४९ घाइते भएका छन् ।
जापानको सरकारी ब्रोडकास्टिङ संगठन एनएचकेले यसको जानकारी गराएको हो ।
मर्नेहरु जापानका कानागवा, तोचिगी, गुन्मा, इवाते, मियागी, फुकुशिमा, चिवा र साइतामा प्रिफेक्चर क्षेत्रका छन् ।

देशका धेरै भाग विजुली तथा संचारविच्छेद भएकाले अझै आँधीको कुल हताहतीको विवरण अझै प्राप्त हुन सकेको छैन । अधिकारीले आँधीबाट प्रभावितहरुलाई सहयोग गर्न लागि परेका छन् । 

हगिविस समुन्द्री आँधी शनिबार रातको समयमा जापान प्रवेश गरेको थियो । 

प्रतिक्रिया दिनुहोस