Safal Khabar - उन्नाइस लाख नगदसहित जुवाडे पक्राउ
शुक्रबार, २९ कार्तिक २०७६ (Friday, 15 November, 2019)
उन्नाइस लाख नगदसहित जुवाडे पक्राउ
आइतबार, २६ असोज २०७६, ०९ : ०४
उन्नाइस लाख नगदसहित जुवाडे पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु १८ लाख ९२ हजार नगदसहित २१ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । 

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले कपनका स्थानीय रमेश तामाङले लामाको घर भाडामा लिएर जुवा खेलाइरहेको अवस्थामा राति २ बजे पक्राउ गरिएको जानकारी दिनुभयो । “ठूलो हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेका हौँ”, उहाँले भन्नुभयो ।

प्रहरीले पक्राउ परेकासँग रु १८ लाख ९२ हजार नगद र तास बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले  जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस