सीको स्वागतका लागि कर्मचारीदेखि विद्यार्थी सडकमा

सफल खबर संवाददाता

शनिबार, २५ असोज २०७६, १४ : २८
सीको स्वागतका लागि कर्मचारीदेखि विद्यार्थी सडकमा

काठमाडौं  । चीनका राष्ट्रपति सी चिनफिङ नेपाल आइपुगेका छन् । उनको स्वागतमा नीजामती तथा विभिन्न सरकारी संस्थानका कर्मचारीहरु स्वागतका लागि सडकमा छन् ।

राष्ट्रपति सी को स्वागतका लागि सम्पूर्ण सरकारी कर्मचारीलाई शनिवार पनि आउन सरकारले निर्देशन दिएको थियो । 

सरकारी पोशाकका साथ कर्मचारीहरुको हातहतमा नेपाल तथा चीनको झण्डा रहेको छ । कर्मचारीहरु ३ वजेदेखि स्वागतका लागि सडकका किनारमा उभिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस