Safal Khabar - चेन्नईबाट वार्तास्थलसम्म जानको लागि सी सडकमार्गबाट गए भने मोदी हेलिकप्टरबाट
शुक्रबार, १६ फागुन २०७६ (Friday, 28 February, 2020)
चेन्नईबाट वार्तास्थलसम्म जानको लागि सी सडकमार्गबाट गए भने मोदी हेलिकप्टरबाट
शनिबार, २५ असोज २०७६, १४ : १९
चेन्नईबाट वार्तास्थलसम्म जानको लागि सी सडकमार्गबाट गए भने मोदी हेलिकप्टरबाट

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक भेटवार्ताको लागि शुक्रबार तमिलनाडू पुगेका चीनका राष्ट्रपति सी जिनपिङले चेन्नई विमानस्थलबाट वार्तास्थल जानको लागि हेलिकप्टरको साटो सकडमार्ग प्रयोग गरेका छन् । 

चेन्नई र सी जिनपिङ बसेको माम्मल्लपुरमको होटलको दूरी ५७ किमी थियो । सीले चेन्नई विमानस्थलबाट वार्तास्थलसम्म गाडीमा पुग्दा भारतका प्रधानमन्त्री मोदी भने हेलिकप्टरबाट त्यता लागेका थिए । 

‘हेलिकप्टर प्रयोग नगर्ने कानुनजस्तै’
चिनियाँ नेताहरु हेलिकप्टर प्रयोग नगर्ने नीतिको कारण सीले गाडी प्रयोग गरेका थिए । सोही नीतिका कारण सी लामो दुरी पनि सडक मार्गबाटै तय गर्ने गर्छन् । 
बेइजिङस्थित विदेश मन्त्रालयका अधिकारीका अनुसार चिनियाँ नेताहरुले हेलिकप्टर प्रयोग नगर्ने कुरा झण्डै कानुनजस्तै छ । 

Yeti Diistillery
nic asia

‘चिनियाँ नेताहरु हवाईजहाज र कार प्रयोग गर्छन् तर हेलिकप्टर भने मन पराउँदैनन्,’ चिनियाँ विदेश मन्त्रालयका अधिकारीको भनाई उल्लेख गर्दै हिन्दूस्तान टाइम्सले लेखेको छ । 
सीले जी–२० जस्तो बहुपक्षीय बैठकमा सहभागी हुदाँ पनि हेलिकप्टर प्रयोग नगर्ने गरेको अधिकारीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस