सनराईज बैंकको प्रभातफेरी

सफल खबर संवाददाता

शनिबार, २५ असोज २०७६, १३ : ५२
सनराईज बैंकको प्रभातफेरी

चितवन । सनराईज बैंक लिमिटेडको १२औं वार्षिकोत्सवको अवसर पारेर त्यस बैंकका नारायणगढ, भरतपुर र कावासोती शाखाले शनिबार समृद्ध नेपालको सहयात्रामा सनराईज बैंक “हामी संग–संगै” भन्ने नाराका साथ प्रभातफेरी कार्यक्रम सम्पन्न गरेका छन् । 
भरतपुर शाखाको आयोजनामा भएको प्रभातफेरी कार्यक्रम हाकीमचोक, विद्युत रोड, अस्पताल रोड, चौबीसकोठी, लायन्सचोक, पुलचोकहुँदै नारायणगढ शाखामा गएर सम्पन्न भएको थियो । तीन वटा जिल्लामा यस बैंकका ४० हजार सेवाग्राही रहेका छन् । 
सनराईज बैंकले चितवनमा कृषि र विपन्न वर्ग कर्जालाई प्रथामिकता दिँदै आएको भरतपुर शाखाका प्रमुख अर्जुन अर्यालले जानकारी दिनु भयो । अर्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा कृषि र विपन्न वर्ग सहित अन्य क्षेत्रमा पाँच अर्बभन्दा बढी लगानी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस