डढेलोको कारण क्यालिफोर्नियामा दशौ हजार व्यक्ति विस्थापित

शनिबार, २५ असोज २०७६, १३ : २०
डढेलोको कारण क्यालिफोर्नियामा दशौ हजार व्यक्ति विस्थापित

लस एन्जेलस । दक्षिणी क्यालिफोर्नियामा लागेको डढेलोको कारण शुक्रवार १० लाख व्यक्ति विस्थापित भएका छन् । 

दर्जनौं संरचना र घरहरू ध्वस्त पारेको यस डढेलो निभाउन केही दिन लाग्न सक्ने सरकारी स्रोतले जानकारी दिएको छ । 

शुक्रबार साँझसम्म शक्तिशाली यस डढेलोबाट  ३ हजार ५२ हेक्टर क्षेत्रसम्म फैलिएको बताइएको छ । यस डढेलोबाट कम्तीमा ३१ संरचनाहरु ध्वस्त भएको बताइएको छ । 

यस आगलागीमा ५० बर्षीय एक व्यक्तिको हृदयघातबाट मृत्यु् भएको आगलागी नियन्त्रणका एक अधिकारीले जानकारी दिएका छन् । 

 यस डढेलोबाट कोही व्यक्ति घाइते भएका तत्काल समाचार प्राप्त भएको छैन् ।  तर अधिकारीहरूले त्यस क्षेत्रका घरहरू खाली गर्ने आदेश दिएका छन् । ( रासस/एएफपी) 

प्रतिक्रिया दिनुहोस