उत्कृष्ट प्रहरी व्यवस्थापक पुरस्कार एसएसपी दिपक थापालाई, अरुले के पाए ?

सफल खबर संवाददाता

शुक्रबार, २४ असोज २०७६, १५ : २२
उत्कृष्ट प्रहरी व्यवस्थापक पुरस्कार एसएसपी दिपक थापालाई, अरुले के पाए ?

काठमाडौं । ६४ औं प्रहरी दिवसको अवसरमा एसएसपी दिपक थापालाई उत्कृष्ट प्रहरी व्यबस्थापक पुरस्कार प्रदान गरिएको छ । एसएसपी थापाले आफ्नो जिम्मेवारीलाई कुशलतापुर्वक सम्पन्न गर्न कुशल व्यवस्थापकीय क्षमता प्रदर्शन गरेको भन्दै आईजीपी सर्वेन्द्र खनालले उनलाई उत्कृष्ट प्रहरी व्यवस्थापक पुरस्कार प्रदान गरेका हुन ।
  
त्यस्तै ७७ जिल्लाका प्रहरी प्रमुखहरुमध्ये मोरङका तत्कालिन एसपी मनोज केसी उत्कृष्ट भएका छन् । प्रहरी प्रधान कार्यालयले गरेको अन्तरजिल्ला कार्यदक्षता मूल्याङकनमा केसी उत्कृष्ट भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख (एसपी) राज कुमार बैदवार, विपद ब्यवस्थापन महाशाखामा कार्यरत एसपी बसन्त रजौरे, प्रहरी एकेडेमीमा कार्यरत एसपी तारादेवी थापा, कर्मचारी प्रशासन शाखाका प्रमुख (एसपी) चन्द्र कुवेर खापुङ पुरस्कृत भएका छन् ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारी, इलाका प्रहरी कार्यालय तुल्सिपुर दाङका डिएसपी हरिहरनाथ योगी र ट्राफिक महाशाखामा कार्यरत डिएसपी सुनिल जंग शाह पनि उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत भएका छन् ।

त्यस्तै, इन्सपेक्टर पन्च कुमार बाखु, इन्सपेक्टर भुलाराज खनाल,इन्सपेक्टर हिरेन्द्र बहादुर रोकाया, प्रहरी नायव निरिक्षक (सई) सनम राई, जिल्ला प्रहरी कार्यालय कास्किमा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) सन्तोष सुवेदी, प्रदेश शसस्त्र प्रहरी गण पोखरामा कार्यरत मानसिंह ठगुन्ना पुरस्कृत भएका छन् ।

प्रहरी हवल्दार गोकुल बहादुर कुँवर, एकेडेमीमा कार्यरत हवल्दार लक्ष्मी बन, प्रहरी जवान कुल बहादुर थापा र महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी जवान रामकृष्ण आचार्यलाई उत्कृष्ट कार्य गरेबापत पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पुरस्कृत प्रहरी कर्मचारीहरुले नगद तथा प्रशंसापत्र प्राप्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस