सी भ्रमणको पूर्वसन्ध्यामा शंकास्पद १८ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २४ असोज २०७६, १३ : ५४
सी भ्रमणको पूर्वसन्ध्यामा शंकास्पद १८ जना पक्राउ

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा १८ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले १८ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ पर्नेमा केही तिब्बती शरणार्थी र केही बिरोध गर्न तयारी गरेका व्यक्ति रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकाहरुबाट फ्रि–तिब्बतको झण्डालगायत शंकास्पद वस्तुहरु फेला परेको छ ।

चीनबिरोधी गतिविधी रोक्न बौद्ध लगायतका क्षेत्रमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । यस्तै पोखरा, तनहुँ, बाग्लुङ, मुस्ताङ र मनाङमा रहेका  तिब्बती शरणार्थी क्याम्पमा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस