Safal Khabar - स्याङ्जामा एक युवकको हत्या, पाँच जना पक्राउ
बुधबार, ०६ कार्तिक २०७६ (Wednesday, 23 October, 2019)
स्याङ्जामा एक युवकको हत्या, पाँच जना पक्राउ
बिहिबार, २३ असोज २०७६, १४ : ५४
स्याङ्जामा एक युवकको हत्या, पाँच जना पक्राउ

वालिङ । स्याङ्जाको हरिनास गाउँपालिका– ५ बलिथुममा गएराति एक युवकको हत्या भएको छ । 
छ जनाको समूहमा आएका युवाको आक्रमणबाट अन्दाजी २७ वर्षीय महेन्द्रबहादुर आलेको घटनास्थलमै मृत्यु भएको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय चिसापानीबाट राति नै घटनास्थलमा पुगेको प्रहरी टोली र स्थानीयले हत्यामा संलग्नमध्ये पाँच जनालाई पक्राउ गरिसकेको र एक जनाको खोजीकार्य भइरहेको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताउनुभयो । घटनाका कारण भने खुल्न सकेको छैन । (रासस)

प्रतिक्रिया दिनुहोस