आफ्नै घरमा लडेर एक जनाको मृत्यु

विहीबार, २३ असोज २०७६, १२ : ४८
आफ्नै घरमा लडेर एक जनाको मृत्यु

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–९ मा आफ्नै घरमा लडेर गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय कृष्णकुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । केही समयदेखि चौधरी मानसिक रोगसम्बन्धी औषधि सेवन गर्दै आएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

यसैबीच सुनसरीको देवानगञ्ज गाउँपालिका–१ बाट गएराति सात जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय श्यामदेव यादव, कन्तलाल मेहता, सदानन्द मेहता, रामकुमार साह, नन्दकिसोर मेहता, बालेश्वर यादव, र फ्रान्ससिसी उराँव रहेको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताउनुभयो । 

पक्राउ परेकाबाट रु ७४ हजार ७६० बरामद भएको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । देवानगञ्ज गाउँपालिका–१ मा विजयादशमीको अवसरमा लागेको मेलामा जुवा खेल भइरहेको भने गोप्य सूचनाको अधारमा छापा मार्दा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत कारवाही हुने प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।  (रासस) 

प्रतिक्रिया दिनुहोस