घर आउँदै गरेका प्रहरी जवानमाथि बसबाट झारेर कुटपिट, ६ जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, २३ असोज २०७६, ११ : ५३
घर आउँदै गरेका प्रहरी जवानमाथि बसबाट झारेर कुटपिट, ६ जना पक्राउ

ओखलढुंगा । ओखलढुंगामा दशै मनाउन घर आउँदै गरेका पुलिस जवानमाथी मरनासन्न हुनेगरी कुपटिप गर्ने एक समुह पक्राउ परेका छन् । ताप्लेजुङ जिल्लामा कार्यरत प्रहरी जवान बिनोद परियार र उनका भाई निरकुमार परियारलाई मरानासन्न हुनेगरी कुटपिट गर्ने बिबेक तामाङसहित अन्य ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । श्रीमती र बच्चा सहित गत असोज १९ गते महाअस्टमीको दिन झापादेखी ओखलढुंगासम्म आएका परियारका दाजुभाईलाई मिलनचौक देखी स्थाई घर चिशंखुगढी गाउँपालिका पोखरेसम्म जाने क्रममा सिद्धिचरण नगरपालिका ३ बास्बोटेमा पुगेपछि गाडीबाट झारेर उनिहरुले कुटपिट गरेका थिए । कुपटिपबाट परियार दाजुभाईको आँखा, टाउको लागायतका शरिरका बिभिन्न भागमा गहिरो चोट लागेको छ । उनिहरुको ओखलढुंगा सामुदायीक अस्पतालमा उपचार भैरहेको छ ।

झापाबाट आएर मिलनचौकमा ओर्लिएपछि पोखरेको गाडी चढ्ने क्रममा युवाहरुको समुहले बिनोदका श्रीमतीलाई जिस्काएपछि उनिहरुबिच बिबाद सुरु भएको थियो । त्यसपछि केहि समयको बिबादपछि उनिहरु मिलेर स  १ ज ५५२ नम्बरको गाडीमा संगै पोखरेतर्फ लागेका थिए । तर सिद्धिचरण नगरपालिका ३ बास्बोटेमा पुगेपछि केटाहरुले गाडी रोकेर प्रहरी जवान बिनोद र उनका भाई निरकुमारलाई बाहिर निकाली मरनासन्न हुनेगरी कुटपिट गरेर झन्डै २० मिटर तल झडीमा फ्यालिदिएको ओखलढुंगा प्रहरी प्रमुख पुष्पराज मल्लले बताए ।

बिनोदका श्रीमतीले आफ्ना श्रीमान र देवरमाथी कुटपिट भएको भन्दै प्रहरीमा खबर गरेपछि प्रहरीले उद्धार गरी उपचारमा लागेको प्रमुख मल्लको भनाई छ । परियार दाजुभाईमाथी मुक्का,रड,ढुंगा लगायत बस्तु प्रहार भएको प्रहरीको अनुमान छ । कुपपिटमा १० देखी १२ जना युवाहरुको संलग्नता रहेको भएपनि ६ जना पक्राउ परेको र अन्यको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । उनिहरुमाथी ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस