मेयरलाई गाडीको पछाडि बाँधेर घिसारियो

सफल खबर संवाददाता

विहीबार, २३ असोज २०७६, १० : २९
मेयरलाई गाडीको पछाडि बाँधेर घिसारियो

मेयरले चुनावका बेलामा गरेको वाचा पूरा नगरेको भन्दै मेक्सिकोमा मेयरलाई सजायँ दिइएकाे छ । मेक्सिकोको एक शहरका स्थानीयहरू मेयरसँग असन्तुष्ट रहेकाले उनलाई अपहरण गरेर ट्रकको पछाडि बाँधेर घिसारेका हुन् ।

होर्गे लुइस इस्कान्दोन हर्नान्डेज नामक गरेका ती व्यक्ति दक्षिणी शहर लास मार्गरितासका मेयर हुन् । उनलाई मंगलवार उनकै कार्यालयबाट अपहरण गरी ट्रकमा बाँधिएको थियो र शहरभरि घुमाइएको थियो । 

मेयरले स्थानीय सडक मर्मत गर्ने भनी चुनावमा वाचा गरेका थिए र पूरा गरेनन् । त्यसैले स्थानीयहरू उनीप्रति निकै क्रुद्ध थिए । 

घटनामा उनलाई गम्भीर चोटपटक भने लागेको छैन । 

घटनाको भिडियोमा उनलाई समातेको अनि केही व्यक्तिहरूले उनलाई ट्रकतर्फ घचेडेको र हेर्ने मान्छेहरूले गिज्याएको देखिन्छ । केही मानिस चाहिँ मेयरलाई समात्न रोक्न खोजेका देखिन्छन् । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र ११ जनालाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस