गलत समाचार लेख्नेविरुद्ध सांसद पौडेलले उजुरी दिने

सफल खबर संवाददाता

बुधबार, २२ असोज २०७६, १३ : १८
गलत समाचार लेख्नेविरुद्ध सांसद पौडेलले उजुरी दिने

काठमाडौं । सांसद देवेन्द्र पौडेलले आफूसँग जोडिएर आएको समाचारको खण्डन गरेका छन् । 
विभिन्न अनलाइनमा लेखक खिमा रिजालद्वारा लिखित पुस्तकसँग जोडेर आफ्नो बारेमा गलत समाचार प्रकाशित गरेको भन्दै पौडेलले खण्डन गरेका हुन् ।  
बुधबार बिहान पौडेलले भने, ‘मलाई नियोजित रुपमा फसाउन भ्रामक समाचार प्रकाशित भएको छ । किताबकी लेखकसँग पनि मैले पनि कुरा गरेको छु, ‘किताबमा त्यस्तो लिखिएकै छैन् ।’
जनतामाझ गलत समाचार दिएर आफ्नो चरित्र हत्या नेपालका केही मिडियाले गरेको भन्दै उनले आपत्ति जनाएका छन् । नेपालका केही मिडियाले आफूले गर्दै नगरेको कामलाई हो भनि जनतामाझ भ्रम सृजना गरेर झुटको खेती गरेको बताएका छन् ।
 
नेपाली मिडियाको लोकतन्त्र रक्षाका लागि ठूलो बलिदान रहेको बताउँदै केही मिडियाले लोकतन्त्रमाथि खतरा हुने गरी समाचार प्रशाशित गर्न थालेको भन्दै राज्यले त्यसलाई कडाइ गर्नुपर्ने बताए ।
‘मेरो नाम जोडेर गलत समाचार प्रकाशित भएको छ, यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ, पौडेलले भने, गलत समाचार लेख्ने मिडियाविरुद्ध उजुरी दिन्छु ।’

किताबकी लेखक खिमा रिजालले किताबमा देवेन्द्र पौडेलेको कुनै पनि विषय नजोडिएको बताएकी छन् । किताबमा देवेन्द्र पौडेलको राजनीतिक सल्लाहकार भनेर लेखेपनि मिडियाहरुले राजनीतिक सल्लाहकार फालेर देवेन्द्र पौडेल उल्लेख गरेर समाचार प्रकाशित गरेकोेमा आपत्ति जनाएकी छन् । 
‘समाचार गलत छ, देवेन्द्र पौडेलको कुनै पनि विषय त्यहाँ उत्था गरिएको छैन, गलत प्रचार गर्ने मिडियालाई कारबाही हुनुपर्छ उनले भनिन् ।’

प्रतिक्रिया दिनुहोस