यस्तो रहयो भीआईपीको टीकाको राैनक (हेर्नुहोस् तस्विर)

सफल खबर संवाददाता

मंगलबार, २१ असोज २०७६, १६ : ५४
यस्तो रहयो भीआईपीको टीकाको राैनक (हेर्नुहोस् तस्विर)

काठमाडौं । हिन्दूहरुको महान चाड बडादशैँँको दशमीका दिन मंगलबार मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँदैछ । 

राष्ट्रपति भण्डारीले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गरेकी हुन्। राष्ट्रपति भवन शीतल निवासको कोशी हलमा आयोजित कार्यक्रममा उनले  हनुमानढोकाबाट ल्याइएको देवीको प्रसादसहित हनुमानढोकाका मूल पूजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित खेमचन्द्र ढकालको हातबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गरेकी हुन्।

त्यस्तै राष्ट्रपति भण्डारीबाट उपराष्ट्रपति वर्षमान पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरुले समेत टीका ग्रहण गरेका छन्। राष्ट्रपति निवासमा प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबराले पनि राष्ट्रपतिबाट टीका ग्रहण गरेका छन्।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बुबा रामसुर पुनको हातबाट टीका ग्रहण गरे । उपराष्ट्रपति भवन, हरितगृहमा ८६ वर्षीय बुबाबाट उनले दशैंको टीका लगाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो साढे २ बजे पिता मोहनप्रसाद ओलीको हातबाट टीका लगाएका छन् । 

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका हुन । 

 

प्रतिक्रिया दिनुहोस