चीनमा बस दुर्घटना : ३६ जनाको मृत्यु, ३६ जना घाइते

एजेन्सी

आइतबार, १२ असोज २०७६, १६ : ५३
चीनमा बस दुर्घटना : ३६ जनाको मृत्यु, ३६ जना घाइते

नान्जिङ, चीन । चीनमा भएको सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको छ । 
देशको पूर्वी जिङसु प्रान्तमा भएको दुर्घटनाका कारण अरु ३६ जना घाइते भएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

स्थानीय समय अनुसार शनिबार बिहान ७ बजे बस दुर्घटना भएको हो । दुर्घटनामा परेको बसमा ६९ जना यात्रु सवार थिए । यात्रुबाहक बस राजमार्गमा गुडिरहेका बेला ३ जना मानिस सहित आइरहेको ट्रकसँग ठोक्किएको थियो ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका आधारमा बसको टायरको हावा फुस्किएर दुर्घटना भएको देखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस-सिन्ह्वा) 

प्रतिक्रिया दिनुहोस