अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीको संयुक्त सम्बोधन

एजेन्सी

सोमबार, ०६ असोज २०७६, १५ : २८
अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीको संयुक्त सम्बोधन

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार अमेरिकामा आयोजित एक कार्यक्रमलाई संयुक्त सम्बोधन गर्नुभएको छ । 
भारतीय मूलका दशौँ हजार अमेरिकी नागरिक र हाल अमेरिकामा बसिरहेका भारतीय नागरिकको सहभागीता रहेको सो कार्यक्रमलाई उहाँहरुले संयुक्त सम्बोधन गर्नुभएको समाचारमा जनाइएको छ । 
सो कार्यक्रम टेक्सस राज्यको ह्युन्स्टनमा आयोजना गरिएको थियो । त्यस कार्यक्रममा उहाँहरुलाई आयोजकले भव्य रुपमा स्वागत गरेका बताएको छ । 

समाचारमा जनाइएअनुसार उक्त कार्यक्रममा करिब ५० हजार मानिस सहभागी रहेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीलाई गरिएको सो स्वागत कार्यक्रम र उक्त कार्यक्रममा भएको बृहत उपस्थितिबाट पनि यसलाई एक ऐतिहासिक कार्यक्रम भएको भनि टिप्पणी गरिएको छ । 

उक्त कार्यक्रममा बोल्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पको र अमेरिकी राष्ट्रपति ट्रम्पले बोल्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गर्नुभएको थियो । 
प्रधानमन्त्री मोदीले सम्बोधनमा आफूले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कैयौँ पटक भेट गरेको र उहाँमा आफूले आत्मीयता पाएको भनी टिप्पणी गर्नुभएको थियो ।
 
त्यस क्रममा प्रधानमन्त्री मोदीले सन् २०२० मा अमेरिकामा हुने राष्ट्रपतीय निर्वाचनबाट फेरि पनि ट्रम्पको सरकार बन्ने धारणा राख्नुभएको थियो । 
पछि राष्ट्रपति ट्रम्पले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हालैको लोकसभा निर्वाचनमा विजयी भएर भारतको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिनुभयो । 

राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीको प्रसंशा गर्नुभयो । उहाँले प्रधानमन्त्री मोदीका कारण भारतमा गरिबीबाट मुक्तिका क्षेत्रमा योगदान पुगेको बताउनुभयो । (रासस/एएनआइ) 

प्रतिक्रिया दिनुहोस