पाकिस्तानमा बस दुर्घटना हुँदा २६ जनाको मृत्यु, १२ जना घाइते

एजेन्सी

आइतबार, ०५ असोज २०७६, १४ : २३
पाकिस्तानमा बस दुर्घटना हुँदा २६ जनाको मृत्यु, १२ जना घाइते

गिल्गिट, पाकिस्तान । पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । 

आइतबार विहान भएको सो दुर्घटनाका कारण अरु १२ जना घाइते पनि भएको स्थानीय प्रहरीले जनाएको छ । 

मृत्यु भएका र घाइते भएका मध्ये अधिकांश बालबालिका र महिला रहेको गिल्गिट बल्तिस्तान सरकारका प्रवक्ता फजुल्लाह फराकले जानकारी दिनुभयो । 

स्कार्दुदेखि रावलपिण्डीतर्फ जाँदै गरेका बेला बस दुर्घटना भएको हो । घाइतेमध्ये अधिकांश गिल्गिट बल्तिस्तानका रहेका छन् । 

घटनाका बारेमा अनुसन्धान प्रक्रिया सुरु भइसकेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।   (रासस-एएनआई)

प्रतिक्रिया दिनुहोस