अमेरिका । विश्वचर्चित सामाजिक सञ्जाल फेसबुकले दस हजारभन्दा बढी एप्लीकेसन निलम्बन गरेको छ ।
फेसबुकबाट लिएको विवरण अरूलाई दिएको वा मानिसको परिचय खुल्ने गरी सार्वजनिक गरेको पाइएपछि केही एपलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको फेसबुकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
फेसबुकले निलम्बनमा परेका एप तथा शङ्कास्पद निर्माताबारे भने जानकारी दिएको छैन ।
सन् २०१८ मार्चको केम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले शुक्रबार जनाएको छ ।
निलम्बनमा परेका एप्समध्ये झण्डै चार सय ओटा निर्माता छन् । आफ्ना प्रयोगकर्तासँग सम्बन्धित विवरणहरु चोरी हुनेगरी भएको क्याम्ब्रीज काण्डपछि फेसबुकले एप्सहरु निलम्बन गरेको हो ।
फेसबुकले सबै एप भने जोखिमपूर्ण नभएको स्पष्ट पारेको छ । सन् २०१८ मा केम्ब्रिज एनालिटिका नामक कम्पनीले बिनाअनुमति धेरै फेसबुक प्रयोगकर्ताको विवरण चोरेको तथ्य बाहिरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०४ असोज २०७६, १६ : ३०
लेखकबाट थप