इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा बर्नमाउथ

एजेन्सी

शनिबार, ०४ असोज २०७६, १२ : १९
इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा बर्नमाउथ

फाईल फोटो

काठमाडौं । बर्नमाउथ इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा साउथह्याम्पटनलाई ३–१ गोलले हराउँदै बर्नमाउथ तेस्रो स्थानमा उक्लिएको हो । साउथह्याम्पटनको घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा बर्नमाउथलाई जिताउन नाथन एके, ह्यारी विल्सन र कलुम विल्सनले गोल गरे ।

साउथह्याम्टनका जेम्स वार्डले सान्त्वना गोल फर्काएका थिए । १९औं मिनेटमा नाथन एकेले गोलगर्दै बर्नमाउथको अग्रता दिलाए । ३५औं मिनेटमा ह्यारी विल्सनले गोलगर्दै टोलीको अग्रता दोब्बर बनाए । ५३औं मिनेटमा जेम्स वार्डले पेनाल्टीमा गोल गर्दै साउथह्यामटनलाई खेलमा फर्काउने प्रयास गरे । त्यसपछि इन्जुरी समयमा कलुम विल्सनले गोल गर्दै बर्नमाउथलाई फराकिलो जित दिलाए ।

जितसँगै बर्नमाउथ तेस्रो स्थानमा उक्लिएको छ । बर्नमाउथले ६ खेलबाट १० अंक बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको पाँच खेलबाट १० अंक छ । शीर्ष स्थानमा हरेको लिभरपुलको १७ अंक छ । साउथह्याम्पटन सात अंक सहित ११औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस