बसले टाटा सुमोलाई ठक्कर दिदा दुइ जना घाइते

सफल खबर संवाददाता

विहीबार, ०२ असोज २०७६, ०७ : ५७
बसले टाटा सुमोलाई ठक्कर दिदा दुइ जना घाइते

चितवन । बसले टाटा सुमोलाई ठक्कर दिदा चितवनमा दुइ जना घाईते भएका छन । महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ६ ख ८४५२ नम्बरको बसलाई ग १ ज ६५९५ नम्बरको टाटा सुमोले ओभरटेक गर्नेक्रममा बसले भरतपुर महानगरपालिका १ रामनगर बजार नजिकै आज विहान ४ बजे ठक्कर दिदा उनिहरु घाईते भएका हुन । 

गोरखा मनकामना ३ का २९ वर्षीय राजेन्द्र थापा र तनहुं आंबुखैरहनी ३ का २१ वर्षीय सयल घले घाईते भएका हुन ।

घाईतेहरु सुमोमा सवार यात्रु रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाईतेहरुको भरतपुरमा उपचार भईरहेको जनाईएको छ । दुबै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस