अमेरिकामा ई–चुरोट उत्पादनमा प्रतिबन्ध

एजेन्सी

शुक्रबार, २७ भदौ २०७६, ०६ : ५३
अमेरिकामा ई–चुरोट उत्पादनमा प्रतिबन्ध

काठमाडौँ । अमेरिकाले सुगन्धित ई–चुरोट (विद्युतीय चुरोट) को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्तो बस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । 

खासगरी किशोरबीच निकै लोकप्रिय भइरहेको यो चुरोटले फोक्सोमा समस्या आउने गरेको अध्ययनले देखाएको छ । 
यो चुरोटको कुलतमा फसेका किशोर किशोरी युवाअवस्थामा पुगेपछि सूर्तीजन्य ई–चुरोट सेवनतर्फ उत्प्रेरित हुन सक्ने देखिएको छ । 

ह्वाइट हाउसमा संवादताताहरुसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र प्रथम महिला मेलानिया ट्रम्प ई–चुरोटको लतमा फसेका कारण फोक्सोको गम्भीर बिरामी भएका एक किशोरको बाबुआमाको कथा सुनेर भावुक भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस