रवि लामिछानेलाई थुनामा राख्ने नराख्ने टुंगो यसै हप्ता लाग्न सक्ने

विहीबार, २६ भदौ २०७६, १२ : २२
रवि लामिछानेलाई थुनामा राख्ने नराख्ने टुंगो यसै हप्ता लाग्न सक्ने

काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने या नराख्ने टुंगो यसै हप्ता लाग्न सक्ने बताइएको छ ।

सरकार वकिलले यसै हप्ता उच्च अदालत हेटौंडामा निवेदन दिएर शालिग्राम पुडासैनी आत्महत्या दुरुत्साहनको मुद्यामा पुर्पक्षका लागि थुनामा राख्न निवेदन दिएपछि यसको सुनुवाई हुँदैछ ।

सुनुवाईपछि निवेदनबारे उच्च अदालतले आदेश दिनेछ । यसअघि चितवन जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएपछि रिहा भएका थिए ।

रिहाको विरुद्धमा सरकारी वकिल निवेदनसहित उच्च अदालत पुग्यो । उनीविरुद्ध फैसला भए  चितवन कारागार चलान हुने सम्भावना रहन्छ । पक्षमा फैसला भए उनी निर्दोष भई विगतमा झै सक्रिय रहन सक्नेछन् । तर, मुद्यासम्बन्धित विषयमा उनी बोल्न पाउने छैनन् ।

यसैगरी, रवि लामिछानेकी पूर्वपत्नी इशा लामिछाने नेपाल आउँदैछिन् । उनी असोजको दोस्रो हप्ताभित्र नेपाल आउने बुझिएको छ । 

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने ५ लाख धरौटीमा छुटेका थिए।

जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले लामिछानेलाई  ५ लाख, सञ्चारकर्मी युवराज कँडेललाई  ३ लाख  र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएका थिए ।

शालिकराम साउन २० गते चितवनको एक होटल मृत अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस