फिफा विश्वकपको आधिकारिक प्रतिक चिन्ह सार्वजनिक

एजेन्सी

बुधबार, १८ भदौ २०७६, १३ : ४९
फिफा विश्वकपको आधिकारिक प्रतिक चिन्ह सार्वजनिक

काठमाडौं । सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकपको आधिकारिक प्रतिक चिन्ह सार्वजनिक भएको छ । मंगलबार कतारको राजधानी दोहामा प्रतिक चिन्ह सार्वजनिक गरिएको हो ।

फिफा विश्वकपको प्रतिक चिन्ह स्थानीय समय अनुसार रातको ८ः२२ मा सार्वजनिक गरिएको थियो । 

कतारका चर्चित भवनहरु बुर्ज दोहा, कतार कल्चरल भिलेज एम्पिथिएटर, सोक बाकिफ र अल जुबराह फोर्टमा एक्कै पटक चिन्हलाई प्रोजेक्ट गरेर प्रतिक चिन्ह सार्वजक गरिएको थियो ।  

कतारका अतिरिक्त प्रतिक चिन्हलाई विश्वका २४ प्रमुख सहरमा पनि उही समयमा सार्वजनिक गरिएको थियो ।  

प्रतियोगिताका संचालकका अनुसार, प्रतिक चिन्हको घुमाउरो वक्रले मरुभूमिको ‘डुन९बालुवाको ठूल–ठूला थुम्का०’लाई प्रतिविम्बित गर्छ ।

त्यस्तै कतै पनि नटुटेको फित्ताजस्तो आक्रृति अग्रेजीको आठ अंकजस्तो र  गणितमा असंख्य जनाउने चिन्हजस्तो पनि देखिन्छ । ती दुवैमा त्यसको अर्थ लुकेको आयोजकले बताएका छन् । 

आठले कतार विश्वकपमा खेलहरु संचालन हुने आठ वटा रङ्गशालालाई प्रतिविम्बित गर्छ भने असख्यं आकृतिले प्रतियोगिताले असंख्य मानिसलाई खेलमार्फत जोड्ने ल्याउनेतर्फ इग्ङित गर्छ ।  

२२ औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता नोभेम्बर २१, २०२२ मा कतारमा सुरू हुनेछ भने डिसेम्बर १८ मा कतारको राष्ट्रिय दिवसमा फाइनल खेलिनेछ।
केही विश्वचर्चित फुटबल खेलाडिले पनि आगामी विश्वकपको उक्त प्रतिक चिन्हलाई आफ्नो समाजिक संजालमा शेयर गरेका छन् । सन् २०२२ मा हुन लागेको फुटबल विश्वकपको २२ औं सस्करण पहिलो पटक अरब प्रायद्विपमा हुदैंछ ।

प्रतिक्रिया दिनुहोस