Safal Khabar - १० औँ पटक पोर्चुगल वर्ष खेलाडी बने रोनाल्डो
मङ्गलबार, ०७ असोज २०७६ (Tuesday, 24 September, 2019)
१० औँ पटक पोर्चुगल वर्ष खेलाडी बने रोनाल्डो
मङ्गलबार, १७ भदौ २०७६, १८ : २६
१० औँ पटक पोर्चुगल वर्ष खेलाडी बने रोनाल्डो

एजेन्सी । सुपर स्टार क्रिस्टीयानो रोनाल्डो १०औँ पटक पोर्चुगल वर्ष खेलाडी घोषित भएका छन् ।
फुटबलका सबै खाले उपाधि जितिसकेका रोनाल्डोलाई यसवर्ष पनि पोर्चुगल वर्ष खेलाडी अवार्ड प्रदान गरिएको हो । ३४ वर्षीय रोनाल्डोले सन् २०१० र २०१४ बाहेक सन् २००७ देखि लगातार यस अवार्ड जितेका छन् ।

यसअघि सन् २०१० मा सिमाउ र २०१४ मा पेपेलाई पोर्चुगल वर्ष खेलाडी अवार्ड प्रदान गरिएको थियो ।
यस अवार्ड जित्ने क्रममा रोनाल्डोले एथ्लेटिको म्याड्रिडका जोआओ फिलिक्स, म्यानचेस्टर सिटीका बेर्नार्डो सिल्भा, स्पोर्टिङ लिस्बनका ब्रुनो फर्नान्डेज र वल्भ्सका रुविन नेभिसलाई पछि पारेका थिए ।

nic asia
Yeti Diistillery

प्रतिक्रिया दिनुहोस