डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु

एजेन्सी

मंगलबार, १७ भदौ २०७६, १७ : ५९
डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु

फाइल फोटो

लस एन्जेलस । दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा सोमबार मध्यरात डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । 
यस दुर्घटनामा अन्य नौ व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । क्यालिफोर्नियाको तटीय क्षेत्रमा उक्त दुर्घटना भएको हो ।
बेपत्ता व्यक्तिहरुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार सोमबार बिहान ३ः१५ बजे सो दुर्घटना भएको तटीय गार्डका क्याप्टेन मोनिका रोचेस्टरले बताउनुभएको छ । 
सो  डुङ्गामा ३९ व्यक्ति सवार रहेका पनि मोनिकाले बताउनु भएको छ । सो दुर्घटनाबाट पाँच जनालाई भने जीवितै उद्धार गरिएको छ । - रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस