नेकपाले गर्यो जिम्मेवारी हेरफेर, कसले के जिम्मेवारी पाए (सूचीसहित)

सफल खबर संवाददाता

सोमबार, ०९ भदौ २०७६, १६ : १६
नेकपाले गर्यो जिम्मेवारी हेरफेर, कसले के जिम्मेवारी पाए (सूचीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सपन्न बैठकले स्वास्थ्योपचारको सिलसिलामा सिंगापुरमा रहनुभएका प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य लाभको प्रस्ताव पारित गरेको छ ।

बैठकले पार्टीका नेता तथा कार्यकर्ताहरु बारे व्यक्तिगत विषयमा कुनै कुरा उठाउनु परेमा पार्टी भित्रै छलफलको बिषय बनाउनु पर्ने निर्णय गरेको छ । त्यस्ता व्यक्तिगत बिषयहरु सार्वजनिक रुपमा राखेमा स्पष्टीकरणको प्रक्रिया अगाडि बढाउँदै आवश्यक कारबाही गरिने निर्णय पनि गरेको छ । त्यसैगरी पार्टी एकीकरण प्रक्रिया सामेल हुनुभएका ४ जनालाई बैठकले केन्द्रीय समितिमा मनोनित गरेको छ । यसरी मनोनित हुनुहुने कमरेडहरुमा देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राई रहनुभएको छ ।

बैठकले निम्न नेताको जिम्मेवारी केही हेरफेर सहित तोकेको छ ।

जिल्ला सहइन्चार्जहरु 

तिलकुमार मेन्याङबो : ताप्लेजुङ, भगवती चौधरी : सुनसरी, प्रमोदनारायण यादव : सिरहा, हरिनारायण चौधरी : सिरहा, चुडामणि जंगली : कास्की, दीपक देवकोटा : कैलाली, रामचन्द्र साह : पर्सा 

इन्चार्ज बलराम खत्री : मजदूर

विशेष जिल्ला कमिटी सचिव अन्य जिम्मेवारी

भानुभक्त ढकाल : राष्ट्रिय सुरक्षा विभाग प्रमुख, डोरमणि पौडेल : प्रादेशिक मामिला विभाग,

उपप्रमुख

बेदुराम भुसाल : स्कूल विभाग, बिष्णु रिजाल : विदेश विभाग, रामकुमार राई : सुरक्षा विभाग, सहकारी विभाग उपप्रमुख : कमल चौलागाई, प्रमेश हमाल : नीति अध्ययन प्रतिष्ठान

सहसंयोजक रामकुमारी झाँक्री : इन्जिनियर सम्बद्ध संगठन

सहइन्चार्ज अमृता थापामगर : महिला संघ, सहइन्चार्ज सीता पौडेल : महिला संघ सहइन्चार्ज सत्य पहाडी : कर्णाली सम्पर्क कमिटी इन्चार्ज वीरमान चौधरी : सुदुरपश्चिम सम्पर्क कमिटी इन्चार्ज सुरेश आलेमगर : आदिवासी जनजाति सहइन्चार्ज शेरवहादुर तामाङ : आदिवासी जनजाति सहइन्चार्ज तिलक परियार : दलित मोर्चा सहइन्चार्ज बोमवहादुर विक : दलित मोर्चा सहइन्चार्ज महेश्वर दाहाल : प्रेस संगठन सहइन्चार्ज केदार न्यौपाने : जनसांस्कृतिक महासंघ इन्चार्ज खगेन्द्र राई : जनसांस्कृति महासंघ सहइन्चार्ज जीवन घिमिरे : खेलकुद महासंघ सहइन्चार्ज अजम्बर काङमाङ : खेलकुदु महासंघ सहइन्चार्ज हिक्मत कार्की : शिक्षक सम्बद्ध मोर्चा सहइन्चार्ज l

प्रतिक्रिया दिनुहोस