राष्ट्रपति–प्रचण्ड भेटवार्ता : समसामायिक राजनीति, प्रधानमन्त्रीको फलोअप उपचारका विषयमा छलफल

सफल खबर संवाददाता

आइतबार, ०८ भदौ २०७६, १० : १९
राष्ट्रपति–प्रचण्ड भेटवार्ता : समसामायिक राजनीति, प्रधानमन्त्रीको फलोअप उपचारका विषयमा छलफल

फाईल फोटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शित्तल निवासमा आज बिहान दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटमा समसामायिक राजनीतिक घटनाक्रम, प्रधानमन्त्री केपी ओलीको सिगापुरको फ्लोअप उपचार भ्रमण लगायतका विषयमा कुराकानी भएको बताईएको छ ।

राष्ट्रपतिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा प्रचण्डसँग जिज्ञासा राखेकी प्रचण्डको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डले फ्लोअप उपचारका लागि प्रधानमन्त्रीको स्वास्थ्य भ्रमण भएको भन्दै प्रधानमन्त्रीले पार्टीलाई जानकारी गराएका विषयको जानकारी राष्ट्रपतिलाई गराएका थिए ।

‘प्रधानमन्त्रीज्यूको उपचारको क्रममा प्लाजÞ्मा फेरेसिस प्रक्रियाबाट गत शुक्रबारबाट नेसनल युनिभर्सिटी अस्पताल सिंगापुरमा शुरू गरिएको र त्यो प्रक्रिया अझै केही पटक गर्नुपर्ने र स्वास्थ्य अवस्था अहिले सामान्य रहेको विषयमा अध्यक्षले राष्ट्रपतिलाई जानकारी गराउनुभएको छ, ’ प्रचण्डले राष्टपतिलाई प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिदै भनेको स्रोतले बतायो ।

त्यसो त प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि प्रधनमन्त्रीको स्वास्थ्य उपचार प्लाजामा फेरेसिस प्रक्रियाबाट शुरु गरिएको बताएका थिए । उनले प्रधानमन्त्रीका नीजि चिकित्सक डा दिव्यासिंह शाहलाई उद्धृत गर्दै यो उपचार प्रकृया अरू केही पटक गरिने र स्वास्थ्य स्थिति अहिले सामान्य अवस्थामा रहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस