स्पेनिस ला लिगा फुटबल : सेभिल्ला शीर्ष स्थानमा

एजेन्सी

शनिबार, ०७ भदौ २०७६, ११ : २८
स्पेनिस ला लिगा फुटबल : सेभिल्ला शीर्ष स्थानमा

एजेन्सी । सेभिल्लाले स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थान कब्जा गरेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा सेभिल्लाले ग्रानडालाई १–० गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा सेभिल्लाको जितमा जोन जोर्डनले ५२औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । जितसँगै सेभिल्लाले दुई खेलबाट ६ अंक बनाएको छ । ग्रानडाको समान खेलबाट एक अंक छ ।

ला लिगाकै अर्को खेलमा लिभान्तेले भिल्ला रियललाई २–१ गोलले पराजित गरेको छ । घरेलु मैदानमा लिभान्तेले दुवै गोल पेनाल्टी मार्फत गरेको थियो । लिभान्तेको जितमा रोजर मार्टीले दुवै गोल ६८औं र ७३औं मिनेटमा पेनाल्टीमा गरेका थिए ।

यसअघि भिल्ला रियलका जेरार्ड मोरेनोले खेलमा सुरुवाती गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस