Safal Khabar - डुङ्गामा आगलागी हुँदा कम्तीमा २२ यात्री  वेपत्ता, २५५ यात्रीको सकुशल उद्धार
मङ्गलबार, ०७ असोज २०७६ (Tuesday, 24 September, 2019)
डुङ्गामा आगलागी हुँदा कम्तीमा २२ यात्री  वेपत्ता, २५५ यात्रीको सकुशल उद्धार
शुक्रबार, ०६ भदौ २०७६, १८ : ५७
डुङ्गामा आगलागी हुँदा कम्तीमा २२ यात्री  वेपत्ता, २५५ यात्रीको सकुशल उद्धार
फाईल फोटो

जाकार्ता, इन्डोनेसिया । इन्डोनेसियाको जाभा टापूमा २७७ यात्री लिएर गइरहेको एक डुङ्गामा स्थानीय समय अनुसार बिहीबार साँझ आगलागी हुँदा कम्तीमा २२ जना वेपत्ता भएका एक अधिकारीले बताएका छन् ।

शुक्रबार दुर्घटनाबारे जानकारी दिँदै इन्डोनेसियाको बन्दरगाह सुरक्षार्थ खटिएका अधिकारीले डुङ्गामा यात्रारत २५५ जनालाई सकुशल उद्धार गरिएको र सम्पर्कमा आउन नसकेका कम्तीमा २२ जनाको खोजी कार्य भइरहेको बताएका छन् ।

इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायाबाट बोर्नेओको बालिकपापनतर्फ गइरहेको डुङ्गामा एक्कासी आगलागी भएजस्तो कालो मुस्लो देखिएपछि यात्रीहरू आत्तिएर पानीमा हामफालेका थिए । 

nic asia
Yeti Diistillery

सुराबायाको तान्जुसङ पेराक बन्दरगाहका प्रवक्ता स्याच्रुल नुग्रोहाले एएफपीलाई बताउनुभयोे, “यात्रारत २७७ जनामध्ये २५५ जनालाई सकुशल उद्धार गरिएको छ भने हराएका केही व्यक्तिहरूको खोजी भइरहेको छ ।” 

डुङ्गामा के कारण आगलागी हुनपुगेको थियो भन्ने बिषयमा अनुसन्धान शुरू भइसकेको नुग्रोहोले बताउनुभयो । 

करिब एक हजार ७०० टापूहरू भएको इन्डोनेससियामा यातायातका लागि डुङ्गाको प्रयोग सामान्य मानिन्छ । तर डुङ्गा सञ्चालकले आवश्यक सुरक्षा उपायको विकल्पलाई संवेदनशीलरूपमा नलिँदा बर्षेनी सयौँ मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् ।

जाभाको उत्तरी तटमा गत जुनमा भएको यस्तै एक डुङ्गा दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको थियो । गत बर्ष सुमात्रा टापूमा जाने क्रममा एक डुङ्गा दुर्घटना हुँदा कम्तीमा १६० जनाको मृत्यु भएको थियो । यस्तै सन् २००९ मा सुलावेशी र बोर्नेओकोबीचमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ३०० जनाको मृत्यु भएको थियो । (रासस/एएफपी) 

प्रतिक्रिया दिनुहोस