सोमबार विप्लवको चितवन बन्द (विज्ञप्तिसहित)

सफल खबर संवाददाता

शुक्रबार, ०६ भदौ २०७६, १७ : ०५
सोमबार विप्लवको चितवन बन्द (विज्ञप्तिसहित)

चितवन । नेत्रविक्रम चन्द विप्लव नेर्तत्वको नेपाल कम्युनिष्ट पार्टीले बिज्ञप्ती जारी गर्दै भदौ ९ गते सोमबार चितवन बन्दको आह्वान गरेको छ । 
नेकपा चितवन सेक्रेटरी धुर्व र ईन्चार्ज शार्दुलद्वारा जारी बिज्ञप्तीमा भदौ ६ र ७ गते प्रचार प्रसार, ८ गते मसाल जुलुस र ९ गते चितवन बन्द कार्यक्रम रहेको उल्लेख छ । 

यसैबीच, पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ११ को कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । बिहीवार राती गराइएको आगजनीबाट वडा कार्यालय पुर्ण रूपमा नष्ट भएको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांइले जानकारी दिनु भयो ।  अज्ञात समूहले ढोका फोरेर आगजनी गरेको घटनाको प्रकृतिले देखाएको हुमागांइले बताउनु भयो ।  राप्ति ११ को आहोलेवाङ्गं भन्ने गाउमा नेपाल कम्युनिट पाटिले बनाएको प्रतिक्षालय प्रहरीले भत्काएको कारणले त्यसको प्रतिरोध स्वरुप वडा कार्यालयमा आगजनी भएको हुन सक्ने  स्थानियले आशंका गरेका छन् ।

प्रतिक्रिया दिनुहोस