मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ताले भने- जोतिषलाई हेराएर समाचार लेख्न थालियो

सफल खबर संवाददाता

विहीबार, ०५ भदौ २०७६, १७ : ५७
मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ताले भने- जोतिषलाई हेराएर समाचार लेख्न थालियो

काठमाडौं । सरकारले भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले विहीबार पत्रकार सम्मेलन गरी सरकाले गरेका ३५ वटा निर्णयहरु सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाई लिएर सक्कली, नक्कली र डेड्अक्कली बहसहरु चलेको टिप्पणी गरेका छन् ।

‘प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर सक्कली, नक्कली र डेडअक्कली बहसहरु चलिरहेकै छ’, मन्त्री बास्कोटाले भने, ‘सक्कली कुरा १२ बर्ष अगाडि मिर्गौला ट्रान्सफर भएको हो । नक्कली कुरा के जानीवरी जोतिषलाई हेराएर आएर समाचार लेख्ने, फेसबुकमा ट्वीट गर्ने ‘। डेड्अक्कली कुरा स्वास्थ्य लाभको कामना पनि गरियो कि गरिएन भनेर बहस झिक्ने कुरा हो ।’
बास्कोटाले प्रधानमन्त्री नियमित फ्लोअपका लागि उपचार गर्न सिंगापुर गएको बताए ।

‘हिजो राती ११ बजेसम्म मन्त्रीपरिषद्मा थियौं । यो तीन दिनमा तीन दिन नै मन्त्रीपरिषद् बसेको थियो । आजै उहाँ जानुभयो । उहाँ विरामी जस्तो देखिनुहुन्थ्यो रु’ मन्त्री बास्कोटाले अगाडि भने, ‘यो फ्लोअप हो र थप परिक्षण । औषधि अर्को चलाइएको छ ।’ प्रधानमन्त्रीले आफू स्वस्थ रहेको र अर्को चुनावका लागि तयार रहन प्रतिपक्षीलाई दिएको चुनौतीलाई पनि उनले स्मरण गराए ।
 
यस्ता छन्, मन्त्रिपरिषद बैठकका निर्णयहरु :

प्रतिक्रिया दिनुहोस