Safal Khabar - यस्तो प्रेमि जसले आफ्नो प्रेमिकालाई मारेर उनको मासु खाए
मङ्गलबार, ०७ असोज २०७६ (Tuesday, 24 September, 2019)
यस्तो प्रेमि जसले आफ्नो प्रेमिकालाई मारेर उनको मासु खाए
बुधबार, ०४ भदौ २०७६, १० : २२
यस्तो प्रेमि जसले आफ्नो प्रेमिकालाई मारेर उनको मासु खाए

एजेन्सी । ६० वर्षका पल ड्युरेन्ट । भर्खरै जेलबाट छुटेका छन् । उनलाई १५ वर्षको जेल सजाय भएको थियो । उनको सजाय पूरा भइसकेको छ । जेलबाट छुटेका उनले पूर्वी लण्डनस्थित एउटा फ्ल्याट लिएका छन् । तर पललाई चिन्ने र उनका छिमेकीहरु उनी रिहा भएकोमा कत्ति पनि खुसी छैनन् । उनीहरु पल बाँचुञ्जेल जेलमा नै हुन् भन्ने चाहन्छन् ।

के हो घटना ?
पल ड्युरेन्ट ब्रिटेनमा बस्थे । उनी लागुऔषध दुर्व्यवसनी थिए । र लागुऔषधका लागि चोरी र लुटपाट पनि गर्दथे । थुप्रै महिनादेखि उनी लुटपाटका दुई मामलामा फरार थिए । ब्रिटेनको पुलिस उनलाई दिनरात खोजिरहेको थियो । उनी भागेर स्पेन पुगे ।

त्यहाँ उनको करेनसँग भेट हुन्छ । ४१ वर्षकी करेन दुई बच्चाकी आमा र सम्बन्धविच्छेद भइसकेकी महिला थिइन् । उनी परिवारसँग अलग स्पेनको काल्पे शहरमा बस्थिन् । उनीसँग भेट भएको एक हप्ताभित्र पल उनीबस्ने बिल्डिङको माथिल्लो तल्लामा सरे ।

nic asia
Yeti Diistillery

कुरा सन् २००४ को फेब्रुअरीको हो । करेन करिब हप्तादिनसम्म आफ्नो फ्ल्याटबाट बाहिर निस्किनन् । छिमेकीलाई शंका भयो । पुलिसलाई जानकारी दिए । पुलिसले करेनको फ्ल्याटको ढोका फुटाउँदा भित्र अत्यधिक रगत र रगत लत्पत्तिएका केही चक्कु छरपस्ट थिए । पुलिसले पलको खोजी सुरु गर्यो ।

अन्ततः उनी पक्राउ परे । उनले करेनको हत्या गरेको स्विकारे । करेनलाई हथौडाले हानेर मारेको र शवलाई स–सानो टुक्रामा काटेको पनि पुलिसलाई जानकारी दिए । साथै, उनको शरीरको खान मिल्ने अंग खाएको पनि उल्लेख गरे । करेनको शव भेट्न सकिएन । सुनुवाईको क्रममा उनका एकजना साथी पनि उपस्थित भएका थिए जसले पलले आफूलाई प्रेमिकाको हत्या गरेर उनको मासु खाएको बारे जानकारी दिएको बताए ।

करेनको हत्या आरोपमा पलललाई १२ वर्षको सजाय भयो । साथै चोरी र लुटको मामलामा उनले १५ वर्षको जेलमा बिताउनु थियो । सजाय पूरा भएपछि सन् २०१९ मा उनलाई स्पेनको जेलबाट रिहा गरियो ।

द सनको रिपोर्ट अनुसार करेन परिवारले पल जेलबाट छुटिएपछि आफूहरुलाई निकै डर लागेको बताए । परिवारका अनुसार पलले आफ्नो अपराध कबुल गरेका थिए त्यसकारण उनलाई छोड्नु सही होइन ।

करेनका परिवार वर्षौपछि पनि उक्त घटनाबाट बाहिर निस्कन सकेका छैनन् । आफ्ना छोरीको हत्यारा खुल्ला हावामा सास फेरिरहेको छ भनेर आफूहरुले सोच्नसमेत नसकेको उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस